जोगिन्दर बने दोस्रोपटक महाधिवेशन प्रतिनिधि

देश । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल संस्कृतिक संघको महामन्त्री समेत रहेका रिजालले मंगलवार क्षेत्रमा गोडैता नगरपालिका वडा नम्बर ५ स्थित एक विद्यालयमा भएको क्षेत्रीय अधिवेशनमा ५ सय १३ मत प्राप्त गरेका हुन् । सर्लाही क्षेत्र नम्बर ४ स्थित बरहथवा नगरपालिका वडा नम्बर १५ बाट उनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे । उनले आफुसँगै महाधिवेशनको प्रतिष्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिष्पर्धाको रुपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिष्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उदेश्य एक नै हुन्’ रिजालले भने । उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए । ‘ हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरुलाई अवश्य टेवा पुग्ने छ’ उनले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका रिजालले सर्लाही क्षेत्र नम्बर ४ बाट क्रियाशील सदस्य छन् । यस्तै , क्षेत्रीय अधिवेशनबाट सभापति पदमा राम आश्रय शाह विजयी भएका छन् । शाहले ५ सय १६ मत ल्याउदा उनका प्रतिद्वन्दी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् । क्षेत्रीय कार्यसमितिमा शाहकै प्यानल विजयी भएका छन् । उनि प्रदेश नम्बर २ का महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निकट हुन् ।

यस्तै , क्षेत्रबाट निर्वाचित २४ महाधिवेशन प्रतिनिधिमा पनि मन्त्री सिंहकै प्यानल विजयी भएका छन् । उनि सहित उनका प्यानलका २३ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । क्षेत्र नम्बर ४ कै संघीय सांसद अमरेश कुमार सिंह भने महाधिवेशन प्रतिनिधिमा हार बेहोरेका छन् । उनले २ सय ४८ मत मात्र प्राप्त गरेका छन् । यता , मन्त्री सिंहको प्यानलमा सुरेन्द्र प्रसाद सिंह ५ सय १६ , विरेन्द्र प्रसाद सिंह ५ सय १४ , राजेश्वर प्रसाद सिंह ५ सय १४ , रघुवीर कार्की ५ सय १३ मत सहित महाधिवेशन प्रतिनिधिमा ५ सय बढी मतका साथ २४ जना विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्