कृषिप्रधान देशमा किसानलाई नै सास्ती ?

0 Shares

नारायण बस्नेत ‘जलन’ , सर्लाही । छोराछोरी ठूलो होलान र हाम्रो नाम राख्लान भनेर बिहान देखि बेलुकीसम्म खेतमै बसेर आफ्नो सन्तान हुर्काउदै आएका किसान आमा-बुवा नेपालमा अधिक मात्रामा छ्न । धेरै जसो मानिसहरु कृषिमा निर्भर छन । नेपाल एक कृषिप्रधान देश भएता पनि कुल जनसंख्याको ७५% भन्दा धेरै जनता यहि पेशामा आबद्ध छन । सरकारबाट योगदान भएता पनि यो पेशा अझैसम्म फस्टाउन सकेको छैन। कृषिप्रधान देश नाममा मात्र सिमित रहयो । सबै सर-सामानहरु हामिले अन्य देशबाट आयात गर्नु पर्छ ।

हाम्रो देशमा उब्जाएको नगदे अन्न बालिको राम्रो मुल्य नपाउदा किसानमा नैराश्यता छाएको छ । सस्तोमा आफ्नो सामान बेच्नु पर्दा उनिहरुलाइ खेतिनै गर्न मन नलाग्ने किसानको भनाइ छ । उदाहरणका लागि उखु उब्जाउने किसानलाइ हेर्न सक्छौ । समयमा आफ्नो उखुको रकम नपाउदा सडकमा आन्दोलन गर्न बाध्य भएका थिए । किसानले आफ्नो देशमा उब्जाएको तरकारी फाल्नु परेको छ र महंगोमा अन्य देशबाट आयात गर्नु परेको छ ।

हाम्रो देशमा प्रशस्त उपज उब्जनी भए पनि किसानले मौसमी र बेमौसमी खाद्य बस्तु भारतबाट ल्याउने गरेका छन। आफ्नो देशको साग सब्जिहरु फाल्दा आत्मा कति रुदो होला कृषिकहरुको । त्यो कसैले बुझ्न नसकेको कुरा भने होइन बुझ्न नचाहेको हो । किसानलाई चाहिने बीउ, बिजन र रासायनिक मल जुटाउन सरकारलाई धौ-धौ परेको छ । पहिला पहिला किसानले आफ्नै घरमा पालेका घरपालुवा जनावरहरुको मल हाली अर्गानिक अन्नबालीहरु उब्ज्याउथे । तेतिखेर मानिस निरोगी पनि हुन्थे अहिले जन्मिन पाको छैन कयौ रोगहरुले च्यापिसकेको हुन्छ । त्सयसको कारण हो सबै जसो अन्न बालीमा अत्यधिक केमिकलको प्रयोग ।

राज्यले ठोस नीति नियम ल्याउनु परने हो तर किसानलाई सामान्य कुरा पनि दिन सक्षम छैन । कृषि पेशा अझै पनि परमपरागत शैलीमा चली आएको छ । सरकारले यसलाई बैज्ञानिक र आधुनिक प्रबिधी मैत्री बनाउन सकेको छैन । सरकारले यसमा कुनै चासो देखाएको छैन। किसानले बाली रोप्ने बित्तिकै देखि धेरै प्रकारका केमिकल नहाली उपज उब्जाउन सक्षम हुन सकेको छैन। किसानलाई अझै सम्म पनि बिषादी, रासायनिक मल कति दिने भन्ने कुराको पुर्ण रूपमा जानकारी छैन ।

किसानलाई विभिन्न तालिम दिई कृषिमा अझै परिवर्तन गर्न सकिन्छ। किसानलाइ ज्ञान र तालिमको अभावमा स्थानीय ब्यापारीहरुबाट खुलेयाम ठगिन पुगेका छ्न। बिषादी र रासायनिक मलमा मनलाग्दी मूल्य असुली आफ्नो एकलौटी अधिकार जमाएर बसेका छ्न तर स्थानीय सरकारलाई कुनै वास्ता नभएको किसानहरुको गुनासो सुन्न पाइन्छ ।

उसै त नेपालमा कृषकहरुलाइ पुग्ने प्रशस्त मल पाईरहेको छैन , त्यहि माथी स्थानीय ब्यापारीले जथाभावी मुल्य असुली गरेपछि कृषकहरु भारतबात कालो बजारी गरि नेपाल भित्रिएको रासायनिक मल किन्न बाध्य भएका छन । हाम्रो नेपाली पैसा कालो बजारी जस्तै भारत भित्रीएको छ । यसको रोक थामको लागि सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्द्छ ।चौबीसै घण्टा खेतमा बिताउने किसान आज किन निराश छ्न ? के तपाई संग यसको उत्तर छ।

जिमिको अर्चना गर्ने किसान आज त्यो जमिन बेच्न बाध्य भएका छन, कारण उनिहरुले खेती गर्दा लिएको ऋण तिर्न नसकेर । माटोलाइ भगवान सम्झने किसान धेरै बेचयन बनेका छन । किसान बिना हाम्रो जीवन रहन्छ र ? के तपाई कल्पना गर्न सक्नु हुन्छ ? के कहिलै हामीले किसान मान सम्मान गरेका छौ । किसान भन्ने बित्तिकै आफ्नो मनसाय परिवर्तन गर्छौ तर उ संग कुरा गर्दैनौ । सरकारले न सिचाइको व्यवस्थापन गर्न सकेको छ न मल किसानको खेतमा हाल्ने बेलामा उपलब्ध गराउन सकेको छ ।अन्न बाली उब्जाउछ तर बेच्ने बेलामा उचित दाम पाउदैन र उ फेरि निराश हुन्छ ।

किसानको भावना बिपरित मौलाएको बिचौलिया पद्धति बन्द गरि संस्थागत बजारको व्यवस्थापन गर्नुपर्छ । घुम्ने कुर्सिमा बसि बसि बिचौलियाले उचित दाम भन्दा कममा मकै धान लाने गरेको छ । यस्को उचित मुल्य सरकारले निर्धारण गरिदिदा किसानलाइ नि सजिलो महसुस हुन्थ्यो। किसान जहिले गरिबको गरिब अनि बिचौलियाको तीन चार वटा भवन हुन्छन। हालसाल कडा मेहनत गरेर मकै खेती गरि आफ्नो समय खेतमै लगानी गरि निकालेको मकै केजिको ४० रुपैयाबाट घटेर १९/२० रुपैयामा बेच्नु परेको छ । बीउ, रासायनिक मल, सिचाइ र कामदारको पैसा तिर्न पनि धौ-धौ परेको छ। सरकारले ठुला-ठुला योजनालाई मात्र ध्यान दिने होइन कृषिकलाई पनि ध्यान दिनु पर्छ किसान छ्न हामी छौ किसान छैनन हामी पनि छैनौ ।

कमेन्ट गर्नुहोस्