देश । डिजेल र मट्टीतेलको मुल्य घटेको छ । एक सूचना जारी गर्दै नेपाल आयल निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेलमा प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको हो । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम भएको हो ।
पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस्











