पञ्जावले बेंग्लोरलाई हरायो

0 Shares

विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बिहिबार राति शारजाहमा भएको खेलमा किंग्स-११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । खेलमा बेंग्लोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जावले अन्तिम बलमा पूरा गर्दै विजयी बनेको हो ।

बेंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन जोडेको थियो । हारसँगै बेंग्लोरले अंक तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको बेंग्लोरको ८ खेलबाट १० अंक छ । पुछारको पञ्जावले ४ अंक मात्र बटुलेको छ । आइपिएलमा शुक्रबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्