इक्वेइडरसंग बराबरीमा रोकियो ब्राजिल

खेलकुद । कोपा अमेरिकाको समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ । आफ्ना खेलहरुमा जीत हासिल गर्दै आइरहेको ब्राजिल समूह ‘बी’ अन्तर्गतको खेलमा इक्वेइडरसंग १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै इक्वेइडर अन्तिम आठमा पुगेको छ । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकाल्दै अन्तिम आठमा पुगेको थियो ।

सोमबार विहान सकिएको खेलमा इडर मिलिटाओले खेलको ३७ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा इक्वेइडरका एन्जल मेनाले ५३ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि खेल बराबरीमा सकिएको हो ।

यस्तै , समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको छ । हारसँगै भेनेजुएला समूह चरणबाट बाहिरिएको छ भने , पेरु भने समूहमा दोस्रो हुँदै अन्तिम आठमा पुगेको। समूह ‘बी’ मा शीर्ष स्थानको ब्राजिलले चार खेलबाट १० अंक जोड्यो।

दोस्रो स्थानको पेरुले ७ अंक बटुल्दा कोलम्बिया ४ अंकसहित तेस्रो भयो । इक्वेइडरले ३ अंक जोडेर चौथो स्थानमा हात पार्‍यो । पुछारको भेनेजुएलाले भने २ अंक मात्र जोड्न सक्यो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्