चैत्र १५ बाट राप्रपाको आन्दोलन

देश । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ । राप्रपाले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग सकिनेछ ।

काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । १६ गतेसम्म प्रचार प्रसार, १७ देखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन र २५ गते जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्ना राखिएको छ ।

चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घन्टा सत्याग्रहको कार्यक्रम राखिएको र दोस्रो चरणको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्द्रित हुने राप्रपा नेपालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्