देश । थप ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । कालिकोटमा १७ , दैलेखमा १ , बाजुरामा १ , पर्सामा ५ र दार्चुलामा धार्चुला नाकाबाट भित्रिएका ७ जनामा संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।
शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो । त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन् ।
गौरीफन्टा नाकाबाट ८ जेठमा २४ सय ९८ जना नेपाल प्रवेश गरे । दार्चुलाको धार्चुला नाकाबाट ३१९ जना भित्रिए । दुई नाकाबाट एकैदिन नेपाल आएका २८१७ जनामध्ये ७ जनामा कोरोना संक्रमणको पुष्टि भयो ।उनीहरु मध्ये ६ जनाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेको छन् । बैतडीको शिवनाथ गाउँपालिकाका ४ र अछामको मेल्लेख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।अर्का संक्रमित दार्चुला अस्पतालको आइसोलेसनमा छन् । उनी महाकाली नगरपालिकाका हुन् ।
यसैगरी शनिवार साँझ पर्सामा ५ जनामा संक्रमण पुष्टी भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको निचुटास्थित क्वारेन्टाइनमा बस्दै आएका ५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ जना महिला र ४ पुरुष छन् । संक्रमण पुष्टि भएको एक जना २५ बर्षिया महिला छन् । यस्तै संक्रमित हुनेमा २२ वर्षका दुई जना, २५ वर्ष र ३६ वर्षका एक एक जना पुरूष छन् । यो विवरणसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।









