देश । नेपाली काँग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्र कुमार लगायत केही व्यक्तिहरूमा स्वेच्छाकारी एवं निरङ्कुश प्रवृत्ति हावी भएको भन्दै पुर्व पार्टी सभापतिहरुले पत्रकार सम्मेलन गरेका छन् । सर्लाही जिल्लाका पुर्व पार्टी सभापतिहरु सत्यदेव सिंह र लक्ष्मण राय , पुर्व उपसभापति विनोद खनाल , जिल्ला सचिव नवीन अधिकारी लगायतको समुहले पत्रकार सम्मेलन गर्दै सर्लाही सभापति यादवको गतिविधिले पार्टी साङ्गठनिक हिसाबले कमजोर हुनुका साथै कर्तव्यनिष्ठ योद्धा कार्यकर्ताहरुको मनोबल खस्काउने काम निन्दनीय रहेको बताएका छन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा पार्टी संगठन कब्जा गर्नका लागि क्रियाशील सदस्यता वितरण, संकलन तथा नविकरण प्रक्रिया पार्टीको विधान विपरित भएको भन्दै यसले पार्टीलाई कम्जोर बनाउने पुर्व पार्टी सभापति सिंहले बताए । ‘यो किसिमको गतिविधिले पार्टीलाई फाइदा गर्दैन ‘सिंहले भने ,’हामी लोकतान्त्रिक प्रक्रियाको लागि संघर्ष गरेको पार्टीको हैसियतले पनि हामीले यसलाई पूर्ण रुपमा पालना गर्नुपर्छ ।’
पुर्व सभापति सिंहकै कुरामा सहमति दिदै अर्का पुर्व सभापति रायले क्रियाशील वितरणमा मनोमानी गरेर लिडर बन्न नसकेमा जोड दिए । ‘कार्यकताको विश्वास लिएर सफल नेतृत्व बन्नुस तर आफ्नालाई धेरै भोटर बनाएर बनेको नेतृत्व सफल हुदैन’ पुर्व सभापति रायले मनोनानी रोक्न हाइ कमाण्डसम्मनै पुग्ने बताए । यस्तै पुर्व उपसभापति खनालले मनोमानी कदापी स्वीकार्य नहुने बताए ।
‘आफ्नालाई होइन कांग्रेसलाई क्रियाशील बनाएर नेतृत्व चुनिनुस’ उनले भने ,’स्वेच्छिक रुपमा निर्णय लिएर पार्टीलाई कम्जोर बनाउने काम कदापी स्वीकार्य छैन ।’ पुर्व उपसभापति खनालकै कुरालाई निरन्तरता दिदै पार्टीका जिल्ला सचिव अधिकारीले पनि आफुहरुले सभापतिको मनोनानी रोक्ने बताए । ‘पार्टी विधि , विधान र निर्देशले चल्छ त्यसको रक्षार्थ हामी संघर्ष गर्नेछौ’ उनले भने । जिल्ला नै कब्जा गर्ने हिसाबले जिल्लाबाट नै आफ्ना विश्वस्त व्यक्तिलाई राखी विभिन्न तहका कमिटी गठन गराएको , क्रियाशील सदस्यता फारम जिल्लाले क्षेत्रलाई, प्रतिनिधीसभा, प्रतिनिधी सभा क्षेत्रले प्रदेश सभा क्षेत्र लाई, प्रदेश सभा क्षेत्रले प्रदेशलाई, प्रदेशले पालिकालाई र पालिकाले वडामा वितरण गर्नु पर्नेमा सोबमोजिम न भएको , फारम संकलन गर्दा वडा कमिटीले पालिकामा, पालिकाले प्रदेशमा, प्रदेशले क्षेत्रमा र क्षेत्रले जिल्लामा पठाई भरिनुपर्ने प्रक्रियालाई भंग गरी सोझै जिल्लाले बुझेर भरि दिएको आरोप लगाएका छन् ।
यस्तै , पुरानो क्रियाशील सदस्यहरूलाई नविकरण गर्नका लागि वडा सभापतिहरुले प्रक्रिया पुरा गरेपनि पार्टी सभापतिले आफ्नो सुभेच्छुक नभएका कारण नविकरण नगरेको , अन्य पार्टी परित्याग गरि आएका कार्यकर्तालाई नयाँ क्रियाशील सदस्य प्रदान गर्नुको सट्टा सोझै नविकरण गरि दिएको लगायतका गतिविधिले पुराना कार्यकर्ताको मनोवल कम्जोर भएको बताइएको छ ।










