देश । दसैं र तिहारको समयमा जुवा तास खल्ने प्रचलन बढ्दो छ । यस्तो कार्य गैर कानुनी भएता पनि लुकिछिपी यस्तो गर्ने गरेको पाइन्छ । यसैक्रममा पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । राय सहित १० जनालाई जुवाको खालबाट महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । साथै , उक्त खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्









