विदेश । कोरोना भाइरसको कारण यतिबेला पुनः लकडाउन सुरु भएको छ । केहि देशले पुनः लकडाउन घोषणा गरिरहेका छन् । यसैक्रममा फ्रान्सपछी बेलायतले दोस्रो पटक देशव्यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो ।
यद्दपी दोस्रो पटक घोषणा गरिएको लकडाउनमा भने स्वरूप फेरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











