दुई वर्षमा ‘फाइवर टू होम’

देश । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ब्रोडब्याण्ड नीतिलाई परिमार्जन गर्ने बताएका छन् । उनले आगामी २ वर्षभित्र फाइबर टू होमलाई लागू गर्ने बताए । उनले डिजिटल नेपालको फ्रेमवर्कलाई कार्यान्वन गरिने र आर्थिक अवसरको उपयोग गरिनेमा जोड दिएका छन् ।

यस्तै , उनले आउँदो वर्षसम्म फोर जी सेवालाई देशभर बिस्तार गरिने बताउदै ललिपुरमा रहेको सूचना प्रविधिमा आधारित राष्ट्रिय ज्ञान पार्क बनाईने जनाए । साइबर सुरक्षा केन्द्र स्थापना गर्नकोलागि अध्ययन गरिने जनाउदै अर्थमन्त्री खतिवडाले साइबर सुरक्षा जोखिमको पहिचान गरिने, असरलाई न्यूनिकरण गरिने र साइबर फेरेन्सिक ल्याब स्थापना गरिने बताए ।

कमेन्ट गर्नुहोस्