लोसपा बागमती प्रदेशद्वारा उम्मेदवारको नामावली सिफारिस

देश । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, बागमती प्रदेश समितिले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नामावली केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरेको छ । बागमती प्रदेश समितिका अध्यक्ष करण श्रेष्ठले प्रदेश अन्तर्गतका सबै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुङगो लगाई पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई भेटी उम्मेदवारहरूको नामावली औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिए ।

उनले पार्टीको आन्तरिक प्रक्रिया र आगामी निर्वाचनको पूर्वतयारी स्वरूप यो सिफारिस गरिएको बताए । नामावली बुझाइसकेपछि प्रदेश अध्यक्ष श्रेष्ठले सिफारिसमा परेका उम्मेदवारहरूलाई बधाई दिदै पार्टीको नीति, सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म पुर्‍याउन उम्मेदवारहरूको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।

लोसपा नेपालले हाल बागमती प्रदेशमा आफ्नो सांगठनिक संरचना मजबुत बनाउनुका साथै जनसमर्थन विस्तारका लागि रणनीतिक तयारीलाई तीव्रता दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्