देश । मंगलवार साँझ मात्र प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्ला सप्तरीमा ११ जना नयाँ संक्रमित भेटिएका छन् । स्वाब परिक्षणको रिपोर्ट ढिलो आएकोले यसबारे स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा जानकारी दिन पाएँन । सप्तरीमा बोदेबरसाईन नगरपालिकाको ८ जना, बलान विहुल गाउँपालिकाको २ जना र सुरुगां नगरपालिकाको १ जना गरेर ११ जना संक्रमित भएका हुन । उनीहरु भारतका विभिन्न स्थानबाट आएको बुझिएको छ । यो संगै प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७९ पुगेको छ । यसैगरी नेपालमा संक्रमित हुनेको संख्या ७ सय ८४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्









