हेन्सनले दिए उपाध्यक्षमा उम्मेद्वारी

विदेश । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा बेलायतमा रहेका सफल युवा व्यवसायी ओमन गौचन (हेन्सन)ले उम्मेद्वारी घोषणा गरेका छन् । वृहत सोच अनुरुप एनआरएनए युकेका अग्रज अभियन्ता, शुभेच्छुक र अभिभावकहरुको सल्लाह र सुझावलाई मनन गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको गौचनलेले बताएका छन् । उनले आगामी २०२१–२३ कार्यकालको लागि आफ्ना प्रतिबद्धताहरुसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा, व्यवसाय र भुगोलमा रहेका प्रवाशी नेपालीहरुको साझा र अपनत्व हुने संस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने उनले बताएका छन् । प्रवासी नेपालीको समस्याहरुलाई सरकारसम्म पुर्याउने समेत उनले जनाए । उनले २०२१ सम्म यूकेमा ११ हजार भन्दा बढी नेपाली ग्राजुएट विद्यार्थीहरु बेलायती उच्च पदमा रही क्यारियर बनाइरहेको भन्दै उनले उनीहरुलाई नेपाली समुदायको उत्थानको निम्ती एनआरएनए यूके प्लाटफर्ममा ल्याउनेमा जोड दिए । नयाँ नेतृत्व चयन गर्नको निम्ती बेलायतमा ३१ जुलाई मा चुनाव हुँदैछ ।

उनका प्रतिबद्धताहरु

१ भविष्यमा प्रवासीहरुको संस्कृतिसँगै नेपाली भाषाको संरक्षणमा जोड दिने,

२ युवाहरुका लागि नेतृत्व विकास र व्यक्तित्व विकासका लागि विशेष कार्यक्रमहरु आयोजना गर्ने,

३ गैरआवासीय नेपाली संघलाई सम्पूर्ण प्रवासी नेपालीहरुको साझा संगठनको रुपमा विकसित गर्ने र नेपालको पर्यटन व्यवसायलाई समेत प्रवर्धन गर्ने,

४ स्थानीय कलाकारहरुको संगठनसंग सहकार्य गरी कला, साहित्य र संगीत क्षेत्रलाई प्रवर्धन गर्ने,

कमेन्ट गर्नुहोस्