ला लिगा : भियारियाल तेस्रो स्थानमा

विदेश । सेल्टाभिगोलाई पराजित गरेसँगै भियारियाल स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा भियारियाल ४-० ले वियजी भएको हो । जितपछि १८ खेलबाट ३२ अंक जोड्दै भियारियाल तेस्रो स्थानमा उक्लेको हो ।

खेलको पाँचौ मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियाललाई अग्रता दलाएका थिए । १४ मिनेटमा मोइ गोमेजले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै १९औं मिनेटमा डानिएल परेजो र ३१औं मिनेटमा फेर निनोले गोल गरेपछि भियारियालले ४ गोलको अग्रता बनायो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्