डोमेस्टिक : २५ वटासम्म रात्री उडान

सिम्बोलिक तस्बिर

देश । सबै भन्दा छिटो हवाई यात्रा मानिन्छ तर नेपालमा भने यो छिटो छैन । किनकी प्लेन टाइममा उड्दैनन् । कम्तिमा १ घाटा डिले हुने गरेको छ , फ्लाइट । धेरै यात्रीले यसकारण हवाई यात्राको समय तालिका भरपर्दो नरहेको बताउने गरेकाछन् । तर अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिने भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् । यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन् । यसले गर्दा दिवामा पर्ने एअर ट्राफिकको प्रेसर कम हुन्छ । विमानस्थल कार्यालयका प्रमुख राजकुरमा क्षेत्रीले यसबाट सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०-१२ वटा उडान रातिकै समयमा हुन थालेको छ । लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो । सिमरा, विराटनगर, भैरहवा, नेपालगञ्जमा रातिको समयमा पनि उडान भर्न सम्भव छ । धनगढीको एयरपोर्टमा पनि साँझसम्म उडान गर्न सकिन्छ । निकट भविष्यमै चन्द्रगढी र जनकपुर एयरपोर्ट पनि राति उडान गर्न योग्य बनाइँदै छ । यी दुई एयरपोर्ट पनि स्तरोन्नतिपछि राती हुने उडान थप्ने योजना विमानस्थल कार्यालयको छ ।

कमेन्ट गर्नुहोस्