४ सय २६ जनामा संक्रमण पुष्टि

16 Shares

देश । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित ४ सय २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् । यसैगरी गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् ।

संक्रमित हुनेमा गुल्मीमा ९४ , बैतडीमा ६३ , कैलालीमा ४९, बागलुङमा ३२ ,सिन्धुपाल्चोकमा २१ , कञ्चनपुरमा २० , डोटीमा १५ , गोरखामा ११ , सर्लाहीमा ११ , झापामा १ , मोरङमा ३ , सप्तरीमा ४ , अछाममा ६ , बझाङमा ३ , बाजुरामा ८ , डडेलधुरामा ९ , धादिङमा १ , कास्कीमा २ , काठमाडौंमा ३ ,मकवानपुरमा ८ , म्याग्दीमा १ , नवलपरासी पूर्वमा ४ , तनहुँमा १९ , पर्वतमा ५ , उदयपुरमा २ , सिन्धुलीमा १ , चितवनमा १ , बैतडीमा ५ ,स्याङ्जामा ३ , कास्कीमा ६ , अर्घाखाँचीमा ६ , कपिलवस्तुमा ४ , नवलपरासी पश्चिममा २ , रुपन्देहीमा २ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ । शुक्रबार मुलुकका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्