कालोबजारी गर्नेलाई ५ वर्ष कैद

9 Shares

देश । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमले आम मानिस चिन्तित छन् । केहि देशमा यसले देखाएको त्रास र गरेको असरले सबै सजग हुनु जरुरि छ । कोभिड १९ को उच्च जोखिम नेपाल पनि रहेको डब्लूएचओले बताएपछि यहाँ पनि त्रास बढ्दो छ । यसैबीच बजारमा समान लुकाइने व्यापारीलाई कारवाही गर्न नेपाल सरकारले निर्देशन समेत दिईसकेको छ । यसै बीच नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ ।

नेपाल सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय पनि गरेको मन्त्रालयका श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्