‘ग्लोबल फेसन वीक’मा सहभागी हुन् कोरियामा नेपाली मोडलहरु

जयहोस् । कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्न नेपालका उदयमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार कोरिया प्रस्थान गरेका छन् । कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा आयोजना हुने यो प्रतियोगितामा सहभागी हुन उनीहरु नेपाली कलासंस्कृति सहित त्यसतर्फ उडेका हुन् । २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिले बिश्वमा नेपालको नाम चिनाउने छन् । अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्ट रनर अप र थर्ड रनर अप बिजेता हुन् । अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।
कमेन्ट गर्नुहोस्