सिके राउत पक्राउ

फाइल तस्वीर
जयहोस् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । आफ्नो अभिव्यक्तिको कारण विवादमा आउने गरेका राउतलाई जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ गरिएको छ । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको बुझिएको छ । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । समर्थकले राउतको पक्राउको विरोधमा प्रदर्शन समेत गरेका छन् । राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्