मुख्यमन्त्री राईले कसे लगनगाँठो

देश । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जाङ्मु शेर्पासँग विवाह गरेका छन् । केहि अगाडी नै तय भएको विवाह काठमाडौंस्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् ।

तस्विर : सामाजिक सञ्जाल
कमेन्ट गर्नुहोस्