देश । २०७४ सालमा देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले जग्गा कित्ताकाट रोक्ने गरेको निर्णय फुकुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्












