अष्ट्रेलियामा हमाल ‘शो स्टपर’

20 Shares

देश । नेपाली फिल्मनगरीका महानायक राजेश हमाल एक च्यारेटी इभेन्टका लागि ‘शो स्टपर’ बन्ने भएका छन् । सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिबिहिन बालबालिकाहरुलाई सिपमूलक तालीम र बासस्थान निर्माणका लागि रकम जुटाउन अष्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने कार्यक्रममा हमालले ‘शो स्टपर’ को रुपमा आफुलाई प्रस्तुत गर्नेछन् ।

फिल्म , म्युजिक भिडियो , विज्ञापनसँगै स्टेजमा प्रस्तुत गर्दै आएका हमालले सामाजिक कार्यमा टेवा पुग्ने कार्यक्रममा जोडिन पाउँदा खुसि व्यक्त गरे । ‘कार्यक्रमको कन्सेप्ट र उदेश्य सहित मलाइ प्रस्ताव आयो , जसमा म पोजेटिभ भए किनकी यसले मनोरंजनसँगै सामाजिक दायित्वलाई पनि बहन गरेको छ’ हमालले कार्यक्रममा जोडिनुको उदेश्यलाई प्रस्ट्याए ।

‘हामी एउटा नेक उदेश्य लिएर अष्ट्रेलिया आउँदै छौ र यसमा त्यहाँ रहेका नेपालीको पूर्ण साथ् र समर्थन रहनेछ भन्ने विश्वास छ’ हमालले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए । सिन्धुपाल्चोक नेत्र हिन संघको सहयोगार्थ अष्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेशनले यस कार्यक्रमलाई अष्ट्रेलियामा गर्दैछ ।

‘जसरि हामीले अन्य इभेन्ट गर्दै आएका छौ , यसलाई पनि उहिँ रुपमा सफल बनाउने पूर्ण कोसिस रहेको छ’ तास इभेन्ट्सका मुख छत्र थापाले बताए । तासमनियामा जुन ३० , ब्रिसब्रेनमा जुलाई ४ , गोल्डकोस्टमा जुलाई ७ , क्विसल्याण्डमा जुलाई ८ , सिड्नीमा जुलाई १२ , एडीलेटमा जुलाई १३ र मेलबर्नमा जुलाई १४ मा कार्यक्रम हुनेछ ।

‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ लाई अष्ट्रेलियाको विभिन्न सहरहरु ब्रिसबेनमा ब्ल्याक आइ क्रियसनका राजु कान ,गोल्डकोस्टमा किशोर तिवारी , क्विसल्याण्डमा डमरू इभेन्टसका पुकार घिमिरे , सिड्नीको रकडेलमा ह्यूमानिटीका ओमकृष्ण श्रेष्ठ र रोशन भट्टाराई , एडिलेटमा गगन गिरी र मेलबर्नमा तास इभेन्टका छत्र थापाले कार्यक्रम गर्नेछन् ।

कार्यक्रममा महानायक हमालसँगै हास्यवंग्य कवी शैलेन्द्र सिम्खडा , गायिकाद्वय मेनुका पौडेल र एन्जिला रेग्मीले पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । महानायक राजेश हमाल, गायिका सुनिता दुलाल ,अष्ट्रेलियाबाट छत्र थापा र नेपालका सोम दुलालको परिकल्पनामा हुने कार्यक्रममा भिसा पार्टनरको रुपमा एस पिपुल एण्ड भिसा सर्भिसेस रहेको छ भने ट्राभल्स पार्टनरमा एभरेष्ट ट्राभल्स एण्ड टुर्स रहेको छ ।

Facebook Comments