लेडी अफिसरको कथामा फिल्म बनाउँदै रोहित

फिल्म । बलिउडमा पछिल्लो समय पुलिसको स्टोरीमा फिल्म बनाउदै आएका निर्देशक रोहित शेट्टीले लेडी अफिसरको कथालाई पर्दामा ल्याउने भएका छन् । उनलाई हालै आयोजित एक अन्तरक्रियाको क्रममा आफुलाई लेडी अफिसरको निडरको कथा देखाउन मन लागेको बताए । ‘मैले एक हलिउड सुपरहिरोको फिल्म हेरेपछि मेरो दिमागमा लेडी अफिसरको बहादुरीको कथा देखाउने आइडिया आएको छ तर यसमा केहि समय लाग्न सक्छ’ उनले भने ‘लेडी अफिसरको कथाले मनोरंजनसँगै हिम्मत पनि दिन्छ ।’

उनि पछिल्लो समय ब्याक टु ब्याक व्यस्त भएकोले केहि समय लाग्ने बताए । सिंघम , सिम्बाको सफलतापछी सूर्यवंशीको तयारीमा जुटेका रोहितले लेडी सिंघम कसलाई बनाउछन ? यो भने आउँदा दिनले नै बताउनेछ ।

(एजेन्सी)

Facebook Comments