फिल्म । भारतीय फिल्म ‘मिलियन भ्युज’ ले नेपालमा दयनीय व्यापार गरेको छ । लागूऔषध दुर्व्यसनीमाथि तयार यो फिल्मको नेपालमा ४७ वटा मात्र टिकट विक्री भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार उक्त फिल्मले ‘मिलियन भ्यूज’ ले १९ हजार २५० नेरु ग्रस कमाएको छ ।
निर्देशक अन्शुल सिन्हा निर्देशित फिल्ममा सिद्धी जैसवाल, एमडी असाद अल्वी, अलिसा मार्टिनलगायतका थुप्रै कलाकारको अभिनय छ । यो फिल्मको कथा निर्देशक अन्शुलले नै लेखेका हुन् ।
कमेन्ट गर्नुहोस्











