फिल्म । निर्देशक तथा लेखक लव रञ्जनले आफुलाई प्यारका पंचनामा सिरिज मार्फत नै प्रमाणित गरिसकेका छन् । लेखक तथा निर्देशकको रुपमा दर्शकलाई चाहिएको रम-कम जनरको फिल्म पस्किन माहिर मानिने लवले नयाँ फिल्मको तयारी थालेका छन् । यसवर्षको अन्त्यसम्ममा फ्लोर ज्वाइन गर्ने लक्ष्य रहेको फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा लवले अजय देवगन र रणवीर कपूरलाई कास्ट गर्दैछन् । तर लवको यो फिल्म रोमान्टिक कमेडी हुनेछैन उनले यसलाई एक्सन थ्रिलर बनाउनेछन् । अजय र रनबीरको एक्सन , रोमान्स र कमेडीललाई दर्शकले देख्न पाउनेछन् ।
अजयले लवसँग काम गरेको फिल्म ‘दे दे प्यार दे’ आउँदो मे १७ मा रिलिज हुदैछ । जसमा अजयलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ तर फिल्ममा लव भने प्रोड्युसर मात्र हुन् । यसैले गर्दा पनि उनले अजयलाई रनबीरसँग स्क्रिन शेयर गर्न तयार बनाए । अजय र रनबीरले काम गरेको फिल्म राजनीतिलाई दर्शकले रुचाएका थिए ।










