अध्यक्षमा भट्टराई सर्वसम्मत

3 Shares

विदेश । एनआरएनको चुनाव नजिकिदै गर्दा हरेक देशमा एनआरएनएको नयाँ कार्यसमिति चयन भइरहेको छ । यसै क्रममा एनआरएनए मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत रूपमा चयन भएका छन् । उनलाई सर्वसम्मत चयन गरिएको हो । यसैगरी वरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा, सचिव रन्जित क्षेत्री, सचिव नेत्र केसी , कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी चयन भएका छन् ।

अध्यक्षमा सर्वसम्मत भएसँगै भट्टराईले १४ बुदेँ प्रतिबद्धता घोषणा पत्र प्रस्तुत गरेका छन् । मलेसियामा कार्यरत श्रमिकलाई पर्ने गरेको समस्यालाई मध्यनजर गर्दै श्रमिक कल्याणकारी कोष स्थापना गर्ने योजना उनले अगाडी सारेका छन् । कोषमा आफूले पहिले रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने जानकारी दिए । मलेसियामा कार्यरत सबै संघ/ संस्थासँग सहकार्य गर्दै ती संस्थाबाट प्राप्त सल्लाह र सुझावलाई ग्रहण गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् । यसैगरी उनले मलेसियाका विभिन्न ५ स्थानमा संगठन विस्तार गर्ने समेत योजना अगाडी ल्याएका छन् ।

हरेक महिना विभिन्न सहरमा संस्थाका गतिविधिसँगै सो स्थानमा कार्यरत श्रमिकका समस्या बारे अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने, नेपाल र मलेसियाबीचको दशकौ लामो दौत्यसम्बन्धलाई अझ प्रगाढ बनाउने , दुई देशको भाषा, संस्कृति र कलाका माध्यमबाट एक अर्कामा जोड्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन विभिन्न प्रवर्धनात्मक कार्यक्रम संचालन गर्ने लगायतका प्रबासी नेपालीहरूका हक़ र हितका निमित्त लागेर सबैको सर सल्लाहलाई आत्मसाथ गर्दै अघि बढ्ने तर्फ भट्टराईले जोड दिएका छन ।

Facebook Comments