थप ११४ जनामा कोरोना संक्रमण

26 Shares

देश । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, पूर्वी रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २ र बाराका ७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् । संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् । यसैगरी नेपालमा संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्