रहेनन् अर्थमन्त्री अधिकारी

देश । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । केहि समय अगाडी देखि नै उनको स्वास्थ्य अवस्था बिग्रीएपछी समाजिक सञ्जालमा उनको निधनलाई लिएर विभिन्न खबर आइरहेको थियो । तर उनले राति ९ बजेर ४८ मिनेटमा देहत्याग गरेको पुष्टि भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्