देश । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) समुदाय स्तरमा तिब्र गतिमा फैलिदो छ । संक्रमण फैलिएसँगै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारमा पनि जोखिम उत्तिकै छ । नेपालमा संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भइसेको छ भने सोमबार विहान बारामा भेटिएका नयाँ संक्रमित पनि पत्रकार रहेको खुलेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी ३८ वर्षीय पुरुष पत्रकार रहेको खुलेको हो । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । सिन्धुपाल्चोककी महिला र बाँकेका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।









