विदेश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममागुगलले यस वर्ष आयोजना गरेको सबैभन्दा ठूलो डेभलपर कन्फ्रेन्स ‘गुगल आइ ओ २०२० ‘ स्थगित गरेको छ । उक्त डेभलपर कन्फ्रेन्स कोरोना भाइरस फैलिने त्रासले स्थगित गरिएको जनाइएको छ ।
कोरोना भाइरस (कोभिड १९) को कारण भिड , सभा सम्मेलन नगर्न स्वास्थ्य अधिकारीले सुझाएपछि आउँदो १२ मे देखि १४ मे सम्म आयोजना गरिने भनिएको डेभलपर कन्फ्रेन्स रोकिएको हो । विश्व स्वास्थ्य संगठनको अपिलपछि कार्यक्रम रोकिएको गुगल अधिकारीले बताएका छन् ।
गुगलले एन्ड्राइड, गुगल पार्वड हार्डवेयर तथा गुगल म्यापमा आएका नयाँ परिवर्तनहरुको बारेमा जानकारी दिने यो कन्फ्रेन्स गुगलले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । यो वर्ष भने गुगलले केही फरक ढंगले कार्यक्रम आयोजना गर्ने बताएको गुगलले कार्यक्रममा सहभागी हुन प्रि बुकिङ गरेकाहरुलाई यही मार्च १३ सम्म सबै रकम फिर्ता गरिने समेत प्रस्ट्याएको छ । यसअघि विश्वकै सबैभन्दा ठूलो मोबाइल शो ‘मोबाइल वल्र्ड कांग्रेस’ एम डब्लु २०२० पनि भाइरसको त्रासले नै स्थगित भईसकेको छ । (एजेन्सी)











