खेलकुद । युरोकप २०२० मा समुह ‘डी’ अन्तर्गत भएको खेलमा इंग्ल्याण्ड समुह विजेटा तथा क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । रहिम स्टर्लिङले निर्णायक गोल गर्दा चेक रिपब्लिकलाई पराजित गरी इंग्ल्याण्ड समूह विजेता बनेको हो । खेलको १२ औं मिनेटमा ज्याक ग्रेलिसको क्रसलाई बुकायो साकाले सजिलो बनाइदिएपछि रहिम स्टर्लिङले गोल गरेका हुन् । ग्रेलिस र साकाले गएराति इंग्लयाण्ड टिमबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । अंक तालिकामा इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो।
युरो २०२० मा नकआउट चरणमा पुगेर इतिहास कायम गर्ने स्कटल्याण्डको सपना ग्लास्गोको राष्ट्रिय रंगशालामा घरेलु समर्थककै अगाडि क्रोएसियासँगको हारबाट समाप्त भएको छ । विश्वकप फाइनलिष्ट क्रोएसियाले यसअघिका दुई प्रदर्शनलाई छायामा पार्दै सुरुमै अग्रता लिएपछि स्कटल्याण्डले पराजय स्वीकार्न बाध्य रह्यो ।पहिलो हाफको अन्त्यतिर क्यालम म्याकग्रेगरले बराबरी गाले फर्काएपछि घरेलु समर्थकमा आशा र खुसीको सन्चार भएको थियो ।
तर, लुका मोड्रिचले खेलमै पहिलो प्रहार गोल हुँदा ६२ औं मिनेटमा क्रोएसियाले अग्रता बनायो । ७७ औं मिनेटमा इभान पेरिसिचले गोल गरेपछि क्रोएसियाले स्कटल्याण्डमाथि इतिहासमै पहिलो जित दर्ता ग¥यो । कम्तिमा १ गोलअन्तरको जित नै क्रोएसियालाई समूह उपविजेता बन्न पर्याप्त थियो । ४ अंक जोड्यो क्रोएसिया दोस्रो भयो। तेस्रो बनेको चेकले ४ अंक बटुल्यो। स्कटल्यान्ड भने १ अंक जोड्दै बाहिरियो। (एजेन्सी)











