देश । नेपाल सरकार मुस्लिम समुदायले मनाउने पर्व ईदको अवसरमा सोमबार बिदा दिने भएको छ । सरकार जेठ ११ गते आइतबारलाई बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठक मार्फत गरेता पनि यसलाई सच्याउदै सोमबार दिने भएको हो ।
गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा बताएता पनि यसलाई अर्को सूचना निकालेर सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्









