विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार दुई सय ९९ जना छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् । यसैगरी कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ ।
इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ भने यहाँ १ लाख ३२ हजार पाँच सय ४७ संक्रमित छन् । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ भने यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ । यस्तै पछिल्लो समय अमेरिकामा भने कोरोना भाइरसको महामारी बढ्दो छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ भने संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । (एजेन्सी)











