विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराती भएको खेल जित्दै मुम्बई इन्डियन्स प्लेअफमा प्रवेश गरेको छ । अबुधाबीमा भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरेर मुम्बईले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १ सय ६४ रन जोड्यो । १ सय ६५ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्यो।मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट ७९ रन जोडे। प्लेयर अफ दि म्याच भएका उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
जितसँगै शीर्ष टिम मुम्बईले १२ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको बेंग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सको समान १२ खेलबाट समान १४-१४ अंक छ । आइपिएलमा बिहीबार चेन्नई सुपरकिंग्स र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ।
कमेन्ट गर्नुहोस्











