छठमा यसरी बस्छन् ब्रत

41 Shares

देश । प्रदेश नम्बर २ मा मनाउने पर्व मध्य छठ पनि प्रमुख पर्व हो । पवित्रताको पर्वको रुपमा लिइने छठको अवसरमा प्रदेश सरकारले २ दिन विदा दिएको छ । अर्थात् यस प्रदेशमा शनिवार र आइतवार सरकारी कामकाज हुनेछैन् । यसैगरी नदि तथा पोखरीको किनारमा शनिवार सुरु हुने पर्वको लागि स्थान बनाउने काम सुरु भैसकेको छ । त्यसो त यो पर्वको सुरुवात त कोजाग्रत पुर्णिमा बाटै हुन्छ ।

त्यसै दिन देखि ब्रतालुले माछा मासु लगायतका परिकार छाडेर चोखो खाने गर्छन् । यति मात्र नभई भाइटिकाको पर्सिपल्ट नुहाएर फर्सीको तरकारी खाने गरिन्छ । त्यसपछि छठको एक दिन अगाडी बिहानै देखि पानि समेत नखाई बेलुकीसम्म ब्रत बस्ने गरिन्छ । तर , उक्त रातमा पुजा गरेर खिर , पुरी लगायतका परिकार खाने चलन छ । यसलाई खरना भन्ने गरिन्छ । छठको दिन झनै ब्रतालुलाई कठोर हुने गर्छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ ।

खरनाकै दिन खाएको भरमा छठको दिन पानि समेत नखाई ब्रतालुहरुले कठोर ब्रत गर्ने गरेका छन् । यिनले २४ घण्टासम्म केहि नखाई ब्रत बस्छन् । साथै , चढाइने परिकार पनि सुद्ध हुन्छ । त्यो पिसाउने ठाउ (मिल , जातो) धुने गरिन्छ भने पकाउनलाई पनि छुटै चुलो बनाउने चलन छ । यसरि कठोर रुपमा लिने ब्रतको फल मिल्ने गरेको विश्वास तराइवासीमा छ । केहिको मनोकांक्षा समेत पुरा भएको छठको बेलामा सुन्न पाइन्छ ।

तपाईको प्रतिक्रिया