नयाँ नोट साट्नेको संख्या बढ्दो

जयहोस् । दसैँ आएसँगै नेपालीले खोज्ने नयाँ नोट सटही आइतबारबाट सुरु भएको छ । आउदो विजयादशमीलाई लक्षित गर्दै नेपाल सरकार नयाँ बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मार्फत नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा प्रदान गरिएको छ । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ । सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् । उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
कमेन्ट गर्नुहोस्