मन्त्री खतिवडाले दिए राजीनामा

फाइल तस्बिर

देश । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्य खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार राति सकिँदैछ । राष्ट्रिय सभा सदस्यकाे कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उनले राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगिसकेको छ । यद्दपी उनलाई बुधबार पुन: मन्त्रीमा नियुक्त गर्ने तयारी छ । खतिवडाको राजीनामासँगै उनले सम्हाल्दै आएको अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीराष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेकी छिन् ।

कमेन्ट गर्नुहोस्