९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

देश । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीअर परीक्षणमा ६ सय ९६ र ३ हजार ५ सय २ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यद्दपी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन भने २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरमा ९४, भक्तपुरमा २५, कञ्चजनपुरमा ५१, कास्कीमा २०, मकवानपुरमा १३, कैलाली र पर्सामा १०/१० जना, दाङमा ९ जना, बाँकेमा ८ जना, रुपन्देही, चितवन र सुनसरीमा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्