‘चिनिया भाइरसलाई छिटै विदाई गर्छौं’

विदेश । विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) लाई लिएर दिने अभिव्यक्तिकै कारण संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबखतमा विवादमा आउने गरेका छन् । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन् । गएराती रिपब्लिकन पार्टीको तर्फबाट २०२० का लागि राष्ट्रपति उम्मेद्वार स्वीकार्दै गरेको सम्बोधनमा ट्रम्पले यस्तो बताएका हुन् ।

कोरोनाभाइरस नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै चीनले संसारभरि फैलिन दिएको आरोप लगाउदै ट्रम्पले भ्याक्सिन बनाउने काम तीव्र रूपले अघि बढिरहेको बताए ।’भ्याक्सिन ल्याएर हामी यो भाइरसलाई अमेरिकाबाट विदाइ गर्नेछौँ’ ट्रम्पले भने । अहिले अमेरिकी कम्पनीले बनाएका तीन वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् । सम्बोधनका क्रममा ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा भएका कामहरूको चर्चा गरेका थिए। (एजेन्सी)

कमेन्ट गर्नुहोस्