उपाधि नेपाललाई

0 Shares

देश । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको हो ।

सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि सन्जोगले असिस्ट गरेका थिए ।

समूह चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहीत बराबरी खेलेको थियो । सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा चईनिज ताइपेइलाई हराएको नेपालले त्यससता गोल गर्न सकेको थिएन ।

कमेन्ट गर्नुहोस्