विदेश । नेपाली फिल्मकी अभिनेत्री मरिश्का पोखरेल थेरापी प्वाइन्ट की ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन । गत हप्ता मात्र सिड्नीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन् अष्ट्रेलिया पुगेकी मरिश्कालाई थेरापी प्वाइन्ट ऐजुकेसन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन । मरिश्कालाई सिड्नीको लिडकममा रहेको वाइट पार्कमा मनाईएको ‘सिड्नी होली मेला’कै बीच ब्राण्ड एम्बेसडर घोषणा गरिएको थियो । ‘मरिश्कालाई उहाको सम्बन्धित विषयमा ज्ञान र अध्यनकै कारण एम्बेसडर घोषणा गरेका हौँ । हाम्रो आग्रहलाई स्वीकार्नु भएकोमा उहालाई धन्यवाद’ सुनिलले भने ।
केहि समय अगाडी देखि लोकप्रिय गीत ‘सालको पात’ मा अभिनय गरेकी मरिश्का पछिल्लो समय फिल्मसँगै गीत र म्युजिक भिडियोमा व्यस्त छिन् । ‘म ब्राण्ड एम्बेसडरको रुपमा घोषित हुँदा खुसि छु । आफुले जानेको ज्ञानलाई उहाहरुसँग साक्षात्कार गर्नेछु’ मरिश्काले भनिन् ।
पछिल्लो समय सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बल टाउनमा रहेको छ । यसको अर्को शाखा सिड्नीकै सेभेन हिल्सबाट पनि सन्चालनमा आउने तयारीमा छ । सुनिल भन्छन् ‘हामीले अहिले साइकोलोजी थेरापी, अकुपेसनल थेरापी र स्पीच थेरापीको सुविधा प्रदान गरिरहेका छौ । हामी चाडै नै फिजियो थेरापी पनि शुरू गर्दैछौं ।’










