देश । नेपालमा क्लिनफिड लागु हुने चर्चा भएको धेरै भईसक्यो । यद्दपी कार्यन्वयन हुन् सकेको छैन । तर , आउँदो कार्तिक ८ गरेदेखि विज्ञापन निमयन गर्ने ऐन २०७६ अनुसार क्लिनफिड लागु गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई संसको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । कानुनमा कात्तिक ८ भित्रै लागू गरिसक्ने उल्लेख गरिए पनि पर्याप्त तयारी नभएको भन्दै मिति सार्ने तयारी सरकारले गरिरहेको छ ।
यद्दपी नेपालमा डाउलिंक अनुमति लिएर प्रसारण भइरहेका विदेशी च्यानलको प्रसारणलाई तोकिएकै मितिमा विज्ञापन रहित बनाउन समितिले निर्देशन दिएको छ । यस्तै , समितिले नेपाली च्यानलको प्रबर्द्धन गर्नका लागि विदेशी च्यानलमा नेपाली विज्ञापन पनि नराख्न निर्देशन दिएको छ ।
कमेन्ट गर्नुहोस्







