देश । महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले एक दैनिक पत्रिकामा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मन्त्रीको अंगरक्षकको आन्तंक भन्ने शिर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको उनले बताएका हुन् । ‘मसँग कुरा नै भएको छैन तर मेरो भनाइ राखिएको छ’ मन्त्री सिंहले भने ,’ समाचार एकपक्ष छ किनकी त्यहाँ दिएको जानकारी नै गलत छ ।’ उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेको समेत प्रस्ट्याए ।
सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले बताए । ‘मेरो प्रदेश अन्तर्गतका सम्पूर्ण वडामा शान्तिपुर्ण रुपमा निर्वाचन भइसकेको छ । केहि असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाइ विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’ मन्त्री सिंहले भने । उनले आफु छिटै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयाश गरिरहेको बताए ।
उनले बालरा नगरपालिकामा अधिवेशन हुँदा एक मतदान अधिकृत कुटिएको र अर्का एक मतदान अधिकृत वेपत्ता भएको समेत बताए । ‘मैले अधिवेशनमा कठिनाई भयो भन्ने थाहा पाएपछि कार्यकर्ताको आग्राहमा त्यहाँ पुगेको हुँ । म माथि नै आक्रमणको प्रयास भइएको समेत थियो । तर , समाचारमा एकपक्षीय रुपमा गलत सूचना सम्प्रेषण गरियो’ मन्त्री सिंहले भने । उनले यसै सातामा क्षेत्रीय अधिवेशन सक्ने तयारीमा आफुहरु रहेको समेत प्रस्ट्याए ।









