देश । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलालाई सामाजिक सञ्जालमा जथाभावी बोल्न या दुर्व्यवहार गर्ने घटनामा छानविनमा आवश्यक समन्वय गर्ने बताएकी छिन् । हालै गायक कुमा सागरको गाउने शैलीको नकल गर्दै हासोमा उडाएको भन्ने आरोप लागेका सजन श्रेष्ठलाई अनलाइनमा गालीगलौचसहित एक फेसबुक प्रयोगकर्ता Ridaya Tamrakar को ID बाट कमेडियन श्रेष्ठको दिदीबहिनीहरुको फोटोसमेत पोस्ट गर्ने गरीएको अत्यन्तै घृणित तथा निन्दनीय कमेन्ट र दिदीबहिनीहरुलाइ बलात्कार गर्ने दिइएको धम्की बारेमा जानकारी र दोषीलाई कारवाहीको माग गर्दै सम्वृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष सङ्गीता श्रेष्ठसहितका सञ्चारकर्मी महिलाहरुले दिएको ध्यानाकर्षण पत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामाजिक अपराधको दोषीलाई कारवाही गराउन आयोगले समन्यव गर्ने बताएकी हुन् ।
‘एउटा व्यक्तिको रिसका कारण उहाँको घरको महिलालाई गालीगलौच गरेर बलत्कार गर्ने जघन्य अपराधको धम्कि दिनु दु:खद हो । असन्तुष्टी व्यक्त गर्ने माध्यम र कानूनी बाटो हुँदा हुँदै पनि महिला अधिकार गरेको विषयलाई सामान्य मान्न सकिदैन । यो अपराध अक्षम्य छ, उजुरी भईसकेको विषय भएकाले त्यसलाई अगाडी बढाउन र दोषीलाई कारवाही गर्न आयोगले भूमिका निर्वाह गर्ने छ’,अध्यक्ष पराजुलीले भनिन् ।
नेपालमा महिलाहरु माथी हुने दुर्व्यवहार, हत्याहिंसा तथा बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढदो रहेको र व्यावसायिक रिसवी साधन महिलाहरु माथी सामाजिक सञ्जालमा अपशब्द बोल्ने, गालीगलौच गर्ने, बलात्कारको धम्की दिने क्रम बढ्नु दु:खद रहेको फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले बताइन ।

‘विषयदेखी बाहिर गएर कसैको परिवारको महिलाहरुलाई दिइएको यो धम्कीले हाम्रो देशमा महिलाहरुको अवस्थालाई प्रस्ट्याउछ । भएको घटनाक्रममा सजन श्रेष्ठको दिदीबहिनीको के दोष थियो ? किन हरेक विषयसँग जोडेर महिलाहरुलाई यसरी बेइज्जत गरीन्छ ? इतिहासदेखी वर्तमानसम्म आइपुग्दा धेरै कुरामा परिर्वतन आएता पनि पुरुषलाई सजाए दिने नाउमा उसको परिवारको महिलालाई सदस्यलाई बलात्कार गर्ने धम्कि दिनु जघन्य अपराध र घृणित मानसिकतालाई परिवर्तन गर्न यस्ता अपराधीलाई कडा भन्दा कडा सजाए दिइ महिलाहरुले आत्मसम्मानका साथ सुरक्षीत वातावरणमा बाच्न पाउनु पर्ने अधिकारलाइ सुनिशचित गर्नु जरुरी छ’, अध्यक्ष श्रेष्ठले भनिन् ।
उनले यसविषयलाई छिटै अन्य सरोकारवाला निकायलाई जानकारी गराएर दोषीलाई कडा भन्दा कडा कारवाही गराउने बताइन ।