कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती

जयहोस् । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् । यसअघि पनि कुलपति रहेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: चार बर्षको लागि कुलपतिमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । यसैगरी, प्रज्ञा प्रतिष्ठानको सदस्यमा सदस्यमा जगत प्रसाद उपाध्याय नियुक्त भएका छन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्