अष्ट्रेलियामा ‘कमेडी नाइट’ हुँदै

विदेश । गाईजात्राको अवसर पारेर अष्ट्रेलियास्थित सिड्नीमा ‘नेपग्याजम कमेडी नाईट’ हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीस्थित अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, विजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यका साथ विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले जनाएको छ । गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमका लागि टिकटको मूल्य २२ अस्ट्रेलियन डलर कायम गरिएको छ ।

विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दिप चौधरीले जानकारी दिए । नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाईएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडीयन यूकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वल्डमा लेखाएका थिए ।

नेपग्याजमका कमेडीयनहरुले देश तथा विदेशम विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतीहरु पस्कदै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्