‘भक्तिको भुमि नेपाल आउन पाउँदा हर्षित छु’ : बागेश्वरधाम सरकार

देश । नेपाल आइपुग्नु भएका भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले शुक्रबार कलाकर्मी तथा शुभचिन्तकसँग भेटघाट गर्दै भक्तिको भुमिमा आउन पाउँदा हर्षित रहेको बताएका छन् । उनले नेपालीले भक्ति गर्न अन्यत्र जानु नपर्नेसमेत बताए ।

‘पशुपतिनाथ र मुक्तिनाथ यहिँ छन् । जानकीमाता यहिँ हुर्किनुभएको हो । त्यसैले नेपालीले भक्ति गर्न अन्त जानुपर्ने आवश्यकता छैन । भक्तिको भुमिमा भक्ति गरे पुग्छ’,उनले भने,‘म यो पावनभूमि भनौ वा भक्तिको भूमिमा आउन पाउँदा खुशी छु । आगामी तीन दिनसम्म हुने कथावाचनमार्फत म नेपाल र नेपालीको सम्वृद्धिको कामना गर्नेछु ।’

भदौ २ देखि ४ गतेसम्म धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न नेपाल आइपुगेका बागेश्वरधाम सरकारले भेटघाटको क्रममा नेपाल भक्तिको पावनभूमि रहनुका साथै कला र संस्कृतिको धनी देश भएको बताए ।

भेटघाट कार्यक्रम कलाकार नीर शाह, किरण केसी, करिश्मा मानन्धर, मोहन निरौला, प्रदीप खड्का, नीता ढुंगाना, वर्षा सिवाकोटी, दीपाश्री निरौला, निर्देशक नवल नेपाल लगायतका शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो । बागेश्वरधाम सरकारका नामले परिचित आचार्य धीरेन्द्र अध्यात्मिक गुरुका रुपमा परिचित हुनुहुन्छ ।

हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र बनेको चौधरी समुहद्वारा नवलपुरमा स्थापित शाश्वतधाम आजदेखि भदौ ४ गतेसम्म उनले हनुमन्त कथा वाचन गर्नेछन् । भारतको मध्य प्रदेशमा बागेश्वरधामको स्थापना गर्ने उनी प्रख्यात लेखक समेत हुनु ।

कमेन्ट गर्नुहोस्