फिल्ली क्याफेमा ‘बलिउड नाइट’

देश । नयाँ वर्षको उपलक्षमा ‘बलिउड नाइट’ हुने भएको छ । साथीसँगीहरुको भेटघाटसँगै पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको चियालाई फरक तरिका र स्वादमा नेपालका पारखीलाई चिनाएको फिल्ली क्याफेले दुई वर्ष पुगेको उपलक्ष्यमा ‘बलिउड नाइट’ को आयोजना गर्न लागेको हो ।

चिया खान रहर भएका एउटा वर्गलाई लक्षित गर्दै काठमाडौँको व्यस्त ठाउँका रुपमा परिचित लाजिम्पाट,बौद्ध, लाविम मल, स्काई वाक, र ठमेलमा संचालनमा आएको फिल्ली क्याफे अर्गानिक रूपमा उत्पादन गरिएको फिल्ली ‘जाफ्रान टी’का लागि परिचित छ, जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । क्याफेले आइस्ड चाई, मिल्कसेक, मकटेल, वन कबाब, स्यान्डविच, फुडल, मोमोज र थप कुराहरू समावेश गर्ने विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँछ ।

संयुक्त अरब इमिरेट्समा चिया प्रेमी रफिह फिल्लीद्वारा स्थापित क्याफे अहिले विश्वभर १९ बढी देशमा रहेको छ । नेपालमा यसलाई एनडी थर्टी नाइन बिजनेस ग्रुप अन्तर्गत सञ्चालकद्वय नवीन खड्का र ध्रुव रिजाल भित्र्याएका हुन् । संचालक खड्काले पाँच वर्षमा ५० आउटलेट खोल्ने योजना अनुसार आफ्नो टिमले काम गरिरहेको बताए । लक्ष्य अनुसार नै फिल्लीको नेपालमा दोस्रो वार्षिकोत्सव मनाउदै गर्दा पाँच आउटलेट भइसकेका छन् ।

‘हामी काठमाडौंमा फिल्ली क्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौँ । यसले चियाका पारखीलाई एउटा गन्तव्य दिएको छ । हामी कहाँ सबै वर्गका व्यक्ति ग्राहक बनेर आउनु हुन्छ’, संचालक खड्काले भने ।

दोस्रो वार्षिकोत्सवको खुसियाली साट्न लाजिम्पाटमा रहेको फिल्ली क्याफेमा आउँदो विसं २०८२ को पहिलो दिन वैशाख १ गते साँझ ६ बजेदेखि ‘बलिउड नाइट’ हुँदैछ । जहाँ मिठो परिकार, ताजापन दिने चियाको चुस्कीसँगै कर्णप्रिय गीतसङ्गीतले नयाँ वर्षलाई भव्य स्वागत गरिने छ ।

अहिले फिल्लीका ग्राहक सेलिब्रेटी पनि बनिसकेका छन् । फिल्ली क्याफेको सोसल मिडिया नियाल्दा अभिनेता राजेश हमाल, अभिनेत्री प्रियंका कार्की, गायक रामकृष्ण ढकाल, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, कलाकार सन्दीप क्षेत्री लगायत थुप्रै परिचित नाम त्यहाँ चिया पिउन पुग्ने गरेका छन् । क्याफेलाई दुबईकै फिल्लीमै नेपाली पन दिएर डेकोरेट गरिएको छ ।

कमेन्ट गर्नुहोस्