आलियाको हलिउड तयारी

फिल्म । बलिउडमा एक्ट्रेस भएता पनि आलिया भट्ट आफ्नो भूमिकाको कारण चर्चामा आउने गर्छिन् । यिनै आलियाले हाइवे , राजी र उड़ता पंजावमा दमदार भूमिका निर्वाह गरेकी थिइन् । उनले हाइवेमा निर्वाह गरेको भूमिकाको चर्चा मात्र भएँन , उनले फिल्ममा विना मेकअप काम पनि गरिन् । यसले उनको भूमिकालाई जिवन्त बनायो । यिनै आलिया पछिल्लो समय हलिउड प्रवेशको तयारीमा छिन ।

पछिल्लो समय आफ्नो होलिडे मनाउन युएसए पुगेकी आलियाले हलिउडको लागि ‘सेलिब्रेटी म्यानेजर’ खोज्ने थालेकी छिन । ऐश्वर्या राय बच्चन , दीपिका पादुकोण , प्रियंका चोपडा लगायतलाइ पनि उनकै म्यानेजरले काम सुझाउने गर्छन । यसैले गर्दा आलियाले पनि हलिउडमा आफ्नो उपस्थिति बलियो बनाउन म्यानेजरको खोजि थालेकी हुन् । उनि बलिउडमा प्रवेश गरेको छोटो समयमा नै आफुलाई स्थापित गर्न सफल भएकी हुन् । (एजेन्सी )

कमेन्ट गर्नुहोस्